PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अवहेलना मुद्दामा मन्त्री जीवनराम श्रेष्ठलाई सर्वोच्चमा उपस्थित हुन आदेश, यस्तो छ कारण 



पहिलोपोस्ट

अवहेलना मुद्दामा मन्त्री जीवनराम श्रेष्ठलाई सर्वोच्चमा उपस्थित हुन आदेश, यस्तो छ कारण 
फाइल फोटो

काठमाडौंः सर्वोच्च अदालत बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित हुन आदेश गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन गरेको आदेश अवज्ञा गरेको भन्दै अवहेलनामा कारबाही किन नगर्ने भन्दै जवाफसहित उपस्थित हुन आदेश गरेको हो। 

अदालतले आदेश पाएको सात दिनभित्र मन्त्री श्रेष्ठलाई स्वयम् उपस्थित हुन आदेश गरेको हो। मन्त्रालयलाई सचिवलाई भने जवाफ पठाउने सुविधा अदालतले दिएको छ। 

सर्वोच्चले कार्यकारी अध्यक्ष अधिकारीलाई नहटाउन असार २३ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। तर, आदेश कायमै रहेको अवस्थामा मन्त्रालयले अधिकारीलाई हटाउने प्रक्रिया पुनः प्रारम्भ गरेको थियो। सो अनुसार साउन १ र ६ गते पत्र थमाएको थियो। सोविरुद्ध अधिकारीले सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए। 

अधिकारीले अवहेलनमा मुद्दाबाट यसअघिको आदेश निरन्तर रहने आदेश जारी गराएकै दिन सरकारले भने पदमुक्तको निर्णय गरिसकेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो। 
यस्तो छ आदेश 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell