PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नख्खु र भैँसेपाटीमा रहेको सुर्ती गोदाममा प्रहरीको छापा: भारतबाट राजस्व छलेर ल्याइएको २८ हजार किलो सुर्तीसहित चार जना समातिए



पहिलोपोस्ट

नख्खु र भैँसेपाटीमा रहेको सुर्ती गोदाममा प्रहरीको छापा: भारतबाट राजस्व छलेर ल्याइएको २८ हजार किलो सुर्तीसहित चार जना समातिए

काठमाडौं राजस्व छलेर ल्याइएको सुर्तीसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। उपत्यका अनुसन्धान कार्यालयको टोलीले ललितपुरको खोकनाबाट उक्त सुर्ती नियन्त्रणमा लिइएको हो। 

राजस्व छली गरेर सुर्ती ल्याएको सूचनाको आधारमा काठमाडौं पेप्सीकोलाबाट सिन्धुली घर भएका पोष्टराज गौतम र सर्लाही घर भएका दिनेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूको सूचनाको आधारमा ललितपुरको विभिन्न स्थानमा स्टोर गरेर राखिएको सुर्ती र अन्य दुई जनालाई नियन्त्रणमा लिइएको उपत्यका अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए।

पक्राउ पर्नेमा काठमाडौं सिनामंगलका अरविन्द्र अग्रवाल र मोरङका सुरेश पोख्रेलले छन्। उनीहरुले सञ्चालन गरेको शुभ लक्ष्मी सुर्ती उद्योगमा छापा मार्दा भारतबाट कर छली गरेर ल्याएको सुर्ती बरामद भएको प्रहरीले जनाएको छ। 

भारतबाट ल्याइएको सुर्तीको कच्चा पदार्थ र सुर्ती नख्खुस्थित फूलबारी मार्ग, भैँसेपाटीमा रहेको गोदाममा लुकाएर राखेको पाइएको छ। राजस्व अनुसन्धान विभागले गोदाम तथा कार्यालयमा सिल मारेको छ।  प्रहरीले तयारी सुर्ती ८ हजार केजी र कच्चा पदार्थ अन्दाजी २० हजार केजी बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell