PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

नक्कली कस्मेटिक्स सामान उत्पादन गर्ने कारखाना वाणिज्यले गर्‍यो सिल



पहिलोपोस्ट

नक्कली कस्मेटिक्स सामान उत्पादन गर्ने कारखाना वाणिज्यले गर्‍यो सिल

काठमाडौंः नक्कली कस्मेटिक्स सामान उत्पादन गरेको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कारखाना सिल गरेको छ। गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीमा रहेको मिसेल कस्मेटिक्स प्रहरीको सहयोगमा विभागले सिल गरेको हो।  

नक्कली सामान उत्पादन गरेको सूचनाका आधारमा प्रहरी परिसर काठमाण्डौ, प्रहरी बृत्त बौद्ध र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट संयुक्त रुपमा खटिएको टोलीले कारखाना सिल गरेको हो।

छापाका क्रममा नक्कली सामान उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र बिक्रीका लागि तयारी अवस्थामा राखिएका सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ। छापाका क्रममा नक्कली स्याम्पू, हेयर ट्रिटमेन्ट क्रिम तथा कपालमा लगाउने तेललगायत बरामद गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell