PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

गीत विवादमा परेपछि हमाल भन्छन्: गलत व्याख्याका कारण दुःखी छु



पहिलोपोस्ट

गीत विवादमा परेपछि हमाल भन्छन्: गलत व्याख्याका कारण दुःखी छु

काठमाडौं: दुई दिनअघि शिव हमालको शब्दमा ‘पापाकी परी’ बोलको गीत सार्वजनिक भयो। गीतमा भनिएको छ:

के हुन्छ होला है बिहेको राति

अँध्यारो कोठामा अञ्जान साथी

सम्झेर गइसक्यो सातो बरि लै

आशीष अविरलको संगीत रहेको गीतमा सुशीला पाठकको स्वर रहेको छ। सार्वजनिक भएसँगै यो गीत विवादमा परेको छ। गीतमा प्रयोग गरिएका शब्द र भिडिओमा पेटिकोट लगाएको दृश्यमाथि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

गीतका रचनाकार हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका उपमहासचिव एवम् प्रतिष्ठान अन्तर्गत गठित ‘विकृति, विसङ्गति न्यूनीकरण विभाग समिति’का संयोजक पनि हुन्। जसकारण गीत रिलिज भएसँगै हमालमाथि पनि नैतिक प्रश्न उठ्न थालेको छ।

गीत विवादित भएसँगै आफूले लज्जित महसुस गरिरहेको हमालले बताए। आफूले सिर्जना गरेको गीतमाथि गलत व्याख्या भएकोमा दु:ख प्रकट गरे हमालले। ‘मैले यो गीतमा बिहे हुने लागेकी केटीहरूमा आउने मनोविज्ञानलाई समेटेको थिएँ। यसमा बिहे हुन लागेकी छोरी मान्छेले साथीसँग सेयर गरेको कुरा छ। तर दर्शकले गलत अर्थ लगाउनु भएछ। मेरो शब्दमाथि भएको गलत व्याख्याका कारण म दुःखी छु’, उनले भने।

गीतको भिडिओमा रहेका अपाच्य दृश्य हटाउने हमालले सुनाए। भन्छन्, ‘भिडिओमा प्रयोग भएका दृश्य साँच्चै अपाच्य नै छन्। म भिडिओ बनाउने बेला पोखरा गएको थिएँ। म आफैँ विकृति र विसङ्गति फैलाउने गीतको विरोधी हुँ। त्यसैले गीतको भिडिओप्रति निकै लज्जित महसुस गरिरहेको छु। भोलि म भिडिओमा रहेको पेटिकोटको दृश्य हटाउन लगाउँछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell