PahiloPost

Jan 28, 2026 | १५ माघ २०८२

केरावारीमा फेरि लेदो सहितको पहिरो, नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध



पहिलोपोस्ट

केरावारीमा फेरि लेदो सहितको पहिरो, नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं : पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका-२९ पर्ने मौरी खोल पुल नजिकैको केरावारीमा वर्षाका कारण लेदो सहित पहिरो झरेको प्रहरीले जनाएको छ।

आज बिहान करिब २ बजे गएको पहिरोका कारण बाटो दुवैतर्फ अवरोध भएको छ। अहिले सरोकारवाला निकायसँग समन्वय गरेर सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

केहीदिन अघि पनि यही स्थानमा पहिरो गएको थियो। त्यसबेला लेदोसहितको पहिरोमा भारतीय गाडी फसेको थियो। प्रहरीले गाडीमा रहेका सबैको उद्धार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell