PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै दुई नेपाली फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै दुई नेपाली फिल्म

काठमाडौं : शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘म’, र ‘चपली हाइट ३’ प्रदर्शन भएका छन्। त्यसैगरि, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘रामाराव अन ड्यूटी’ र हलिउड फिल्म ‘बुलेट ट्रेन’ रिलिज भएका छन्।

सुवर्ण थापा निर्देशित फिल्म ‘म’ लाई कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको हो। सस्पेन्स/थ्रिलर जनरामा बनेको फिल्मको क्रियटिभ निर्माता प्रकाश पुरी हुन्। फिल्ममा निशा अधिकारी, सविन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछानेका साथै संजोग रसाइली र पुनम श्रेष्ठको अभिनय रहेको छ।

त्यसैगरि, निकेश खड्काको निर्देशन रहेको फिल्म ‘चपली हाइट ३’ पनि आजबाट फेरि प्रर्दशनमा आएको छ। यो फिल्म तेस्रो पटक प्रदर्शनमा आएको हो। प्रदर्शन भइरहेका बेला कोरोनाका कारण रोकिएकाले फेरि रिलिज गर्न लागेको निर्माता अर्जुन कुमारले जानकारी दिए।

सस्पेन्स थ्रिलर कथामा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको अभिनय रहेको छ।

दक्षिण भारतीय अभिनेता रवि तेजाको एक्सन फिल्म ‘रामाराव अन ड्युटी’ पनि रिलिज भएको छ। उनी यस फिल्ममा सरकारी अफिसरको भूमिकामा देखिएका छन्। फिल्ममा रविसँगै राजिशा विजयन, दिव्यांशा कौशिकको मुख्य भूमिका रहेको छ। सरथ मण्डावा निर्देशित यो फिल्म भारतमा एकसाताअघि २९ जुलाईमा रिलिज भएको थियो।

यस्तै, आजबाट हलिउड फिल्म ‘बुलेट ट्रेन’ पनि प्रदर्शनमा आएको छ। डेविड लीच निर्देशित फिल्ममा ब्राड पिट, जोए किंग, करेन फुकुहारा, आरोन टेलर-जोन्सन लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो फिल्म जापानी उपन्यासकार कोटारो इसाकाले लेखेको उपन्यास ‘मारिया बीटल’ मा आधारित छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell