PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोशी नदीको जलसतह सतर्कता आसपास, यी जिल्लाका स-साना नदीमा हुन सक्छ आकस्मिक बहाव



पहिलोपोस्ट

कोशी नदीको जलसतह सतर्कता आसपास, यी जिल्लाका स-साना नदीमा हुन सक्छ आकस्मिक बहाव

काठमाडौं : कोशी नदीको जलसतह सतर्कता आसपास नै भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि नदीको जलसतह केही घट्ने भए पनि सतर्कता आपासनै हुने महाशाखाले जनाएको छ।

जलसतह कुनै पनि बेला बढ्न सक्ने र बाढी आउन सक्ने भन्दै नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै, आगामी ३ दिनसम्म नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको जलसतह बढ्ने तर सतर्कता तह भन्दा तलै रहने पनि जनाइएको छ।

पाँचथर, ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, लमजुङ र दार्चुलामा रहेक स-साना नदीको बहाव आकास्मिक रुपमा बढ्न सक्ने पूर्वानुमान पनि महाशाखाले गरेको छ। उल्लेखित जिल्ला भई बहने केही स-साना नदीहरुको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell