PahiloPost

Jan 28, 2026 | १५ माघ २०८२

केरावारीको पहिरो हटाइएपछि संचालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड



पहिलोपोस्ट

केरावारीको पहिरो हटाइएपछि संचालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड
फाइल फोटो

काठमाडौं : पहिरोका कारण अवरुद्ध भएको चितवनको नारायणगढ मुग्लिन सडकखण्ड संचालनमा आएको छ भएको छ।

भरतपुर महानगरपालिका-२९ पर्ने मौरी खोल पुल नजिकैको केरावारीमा वर्षाका कारण लेदो सहित पहिरो झरेको थियो। आज बिहान करिब २ बजे गएको पहिरोका कारण बाटो दुवैतर्फ अवरोध भएको थियो। सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाइएको हो।

केहीदिन अघि पनि यही स्थानमा पहिरो गएको थियो। त्यसबेला लेदोसहितको पहिरोमा भारतीय गाडी फसेको थियो। प्रहरीले गाडीमा रहेका सबैको उद्धार गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell