PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

तीन सातादेखि सम्पर्कविहान भएका गौतम श्री सहकारीका सञ्चालक सम्पर्कमा आएनन्, सहकारी विभागले समस्याग्रस्थ घोषणाको लागि सिफारिस



पहिलोपोस्ट

तीन सातादेखि सम्पर्कविहान भएका गौतम श्री सहकारीका सञ्चालक सम्पर्कमा आएनन्, सहकारी विभागले समस्याग्रस्थ घोषणाको लागि सिफारिस

काठमाडौंः काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सहकारी विभागले सिफारिस गरेको छ।

विभाग बैठकले गौतम श्री सहकारीमा समस्या देखिएपछि भूमि सुधार तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गर्दै समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको हो।

सहकारी संस्थाका सञ्चालक दुई सातादेखि फरार भएपछि बचतकर्ता चिन्तामा छन्। संचालक सम्पर्कविहीन हुँदा बचतकर्ताको ७ अर्ब रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ। विभागले सहकारी अध्यक्ष रामबहादुर गौतम, उनकी श्रीमती (उपाध्यक्ष) निर्मला गौतमलाई खोजेर विभागमा उपस्थित गराउन प्रहरीलाई पत्राचार समेत गरेको थियो। तर अहिलेसम्म अध्यक्ष लगायत अन्य उपस्थित नभएपछि विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर थप कानुनी कारबाही सुरु गरेको हो।

'हाम्रो पत्राचारले पनि उहाँहरू उपस्थित हुनु भएन। त्यसैले अहिले हामीले मन्त्रालयलाई समस्याग्रस्त भनेर घोषणा गर्न सिफारिस गरेका हौँ,'सहकारी विभागका विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए।

संचालक सदस्यदेखि सहकारी केही कर्मचारीसमेत सम्पर्कविहीन भएपछि बचतकर्ताले सहकारी विभागको ढोका ढकढकाएका छन्। आफ्नो बचत रकम लिएर सहकारीका संचालक फरार रहेको भन्दै उनीहरूले नयाँ बानेश्वरस्थित सहकारी विभागमा उजुरी दिएका छन्। बिहीबार बिहानसम्म १२ जनाले उजुरी दिएको सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए। उनीहरूको करिब २ अर्ब रुपैयाँ डुबेको उनीहरूले उजुरीमा उल्लेख गरेका छन्। अहिले पनि उजुरी आउने क्रम भने रोकिएको छैन।

'दैनिक १०/२० जनाको उजुरी आइरहेको छ। कतिलाई अझै पनि थाहा नभएर होला,' उपरजिस्ट्रार टोलराज उपाध्यायले भने।

सहकारीका अध्यक्ष रामबहादुर गौतम, उनकी श्रीमती (उपाध्यक्ष) निर्मला गौतम फरार छन्। गौतम परिवार भागेर भारत पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कारोबार रोक्का भएपछि र संचालक नै फरार भएपछि एभरेष्ट बैङ्कले शुक्रवार सहकारीको केन्द्रीय कार्यालयमा पुगेर सिलबन्दी गरेको छ। त्यस्तै सहकारी विभागले सहकारीको नाममा रहेको सम्पत्ति र अध्यक्षको सम्पत्ति समेत रोक्का गर्न सम्बन्धित निकायलाई पत्रकार गरिसकेको छ।

केही दिनअघि सहकारीका अध्यक्ष गौतमले विज्ञप्ति निकाल्दै आफू कामले बाहिर गएको र नेपाल फर्किएपछि सबैको पैसा फिर्ता दिने बताएका थिए। तर उनको विज्ञप्ति अनुसार काम भए। अब मन्त्रालयले समस्याग्रस्त घोषणा गरेपछि लेखा समिति लगाए अन्य समितिले काम थाल्ने छ। त्यसपछि सहकारीको सम्पत्ति, दायित्व लगायत अन्य पक्षको हिसाबकिताब हेरेर कानुनी प्रक्रिया सुरु गर्छ।

सहकारी विभागमा अहिलेसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम तिर्न नसकेर फरार भएका थिए। सहकारी विभागले यस्ता सहकारीलाई समस्याग्रस्त घोषणा गरेर कारबाही गरिरहेको उपरजिस्ट्रार उपाध्यायले बताए। गत आर्थिक वर्षमा ३ सय सहकारी विरुद्ध विभिन्न उजुरी विभागमा परेको छ। सहकारी विभागको तथ्याङ्क अनुसार देशभर ३० हजार सहकारी संस्था दर्ता छन्। यो सङ्ख्यामा गौतम श्री सहकारी थपिने लागेको हो।

सहकारीको नियमन फितलो हुँदा संचालकले आफूखुसी लगानी गरिरहेका छन्। उनीहरूले छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा सहकारी डुब्ने गरेको छ।

डुबेका अधिकांश सहकारी घरजग्गा र सेयरमा धेरै लगानी देखिएको छ। 'धेरै नाफा हुने क्षेत्र घरजग्गा नै हो। त्यही भएर अर्बौँ कारोबार गर्ने सहकारीका अध्यक्ष र संचालकले आफूखुसी घरजग्गामा कारोबार गर्ने र कारोबारमा मन्दी आएपछि समस्यामा पर्ने गरेको देखिएको छ।

'समस्याग्रस्तमा जाने धेरै सहकारीको छोटो समयमा नाफा कमाउन अनुत्पादक क्षेत्रमा लगानी गर्नु नै हो,' उपरजिस्ट्रार टोलराज उपाध्यायले भने।

विगतमा घरजग्गाको कारोबारबाट ओरियन्टल सहकारी समेत डुबेको थियो। ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत थिए। घरजग्गाको कारोबार चम्किएपछि उनले सहकारीको पैसा त्यतै लगाए। तर राष्ट्र बैङ्कले ऋणमा सीमा तोकिदिएपछि तासको पत्तिजस्तै उनको व्यावसायिक साम्राज्य ढल्यो। उनले ओरियन्टल सहकारीबाट अर्बौँ रुपैयाँ घरजग्गामा लगानी गरेका थिए। त्यहाँ पैसा राखेका धेरैले अहिलेसम्म पनि निक्षेप फिर्ता पाएका छैनन्। सिभिल सहकारी पनि घरजग्गाकै कारण डुबेको हो।

त्यस्तै सहकारी ठगी प्रकरण सिभिल सहकारी हो। सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अहिले अदालतको आदेशमा कारागारमा छन्। उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा चलिरहेको छ। उनको पनि अनुत्पादक क्षेत्रमा लगानी भएको देखिन्छ। सम्बन्धी सरोकारवालको समय समयमा अनुगमन र नियम नहुँदा पनि सहकारीमा समस्या आउने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell