PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

परराष्ट्रमन्त्री खड्का अर्को साता चीन जाने



पहिलोपोस्ट

परराष्ट्रमन्त्री खड्का अर्को साता चीन जाने
फाइल फोटो।

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का चीनको औपचारिक भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

उनले अगस्ट ९ देखि ११ (साउन २४ देखि २६)सम्म चीनको भ्रमण गर्ने बताइएको छ। दुई मन्त्रीहरूबिच १० अगस्टमा चीनको छिङदाओमा आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ।

विदेशमन्त्री वाङ यीले मन्त्री खड्काको सम्मानमा रात्रिभोजको आयोजना गर्ने बताइएको छ। मन्त्री खड्का ११ अगस्टमा स्वदेश फर्किनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell