PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

गाईजात्रामा राजापाक्षे बनेर देश डुबाउने काइदा पेस गर्दैछन् गजुरेल, जनार्दनको 'कमब्याक' माथि पनि व्यङ्ग्य



पहिलोपोस्ट

गाईजात्रामा राजापाक्षे बनेर देश डुबाउने काइदा पेस गर्दैछन् गजुरेल, जनार्दनको 'कमब्याक' माथि पनि व्यङ्ग्य

काठमाडौं : आगामी साउन २७ गते गाईजात्रा मनाइँदैछ। सांस्कृतिक रुपमा मनाइने यो अवसरलाई पछिल्लो समय हास्यव्यङ्ग्य गरेर पनि मनाइने गर्छ। गाईजात्रा महोत्सवमा राजनीतिकदेखि सामाजिक विकृतिविरुद्ध कलाकारहरुले व्यङ्ग्य गर्ने गर्छन्। हरेक वर्ष मनोज गजुरेलले पनि गाईजात्रामा प्रहसन प्रस्तुत गर्छन्।

हरेक वर्ष फरकफरक भूमिकामा देखिने गजुरेल यसपटक पनि गाईजात्राको अवसरमा केही विशेष ल्याउँदैछन्। यसपटकको गाईजात्रा प्रहसनमा गजुरेलले अर्थमन्त्री जनार्दन शर्माको भूमिकामा देखिँदैछन्। यस्तै, श्रीलंकाको राजापाक्ष परिवार र ‘सुनको लौरो’ले नेपालमा चर्चित दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा अल माक्तुमको भूमिकामा पनि गजुरेलले निभाउँदैछन्।

गजुरेलका अनुसार श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षेले ट्युसन कक्षामा ‘देश डुबाउने दश काइदा’ शीर्षकमा प्रवचन दिनेछन्। राजापाक्षेसँग ‘लाजपचेकाहरू’ शीर्षक हुने कार्यक्रम प्रत्यक्ष प्रशारण गरिने समेत उनले बताए।

‘सबै जना अहिलेको चर्चित फेस भएका कारण उहाँहरूलाई रोजेको हुँ। बजेटमा हुने चलखेल र फेरि शर्माको अर्थमन्त्रीमा कमब्याकलाई विषयवस्तु बनाएको छु। त्यस्तै, श्रीलंकामा  प्रधानमन्त्री राजापक्षका कारण आएको आर्थिक संकटलाई समेटेको छु। दुबईका राजकुमारसँग जोडेर रोजगार एजेण्डामार्फत कसरी नेपाली श्रमिकहरू दु:ख पाउँछन् भन्ने कुरालाई व्यङ्ग्य गरेको छु,’ उनले भने।

यसअघिको गाईजात्रामा गजुरलेले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रसियाका राष्ट्रपति भ्लादमिर पुटिन, पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिकामा प्रस्तुति दिएका थिए।

यसअघि कोरोना महामारीबिच दुई वर्ष गाइजात्रा भौतिक उपस्थितिमा हुन सकेको थिएन। गतवर्षझै यसवर्ष पनि गजुरेल डिजिटल प्लेटफर्ममार्फत नै गाइजात्रा प्रहसन ल्याउँदैछन्। उनको आफ्नै युट्युब च्यानलबाट साउन २३ गते ‘२०७९ को गाईजात्रा’ रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell