PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

ताइवान मामिलालाई नजिकबाट नियाल्दै नेपाल, परराष्ट्रले भन्यो : सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध छौं‍



पहिलोपोस्ट

ताइवान मामिलालाई नजिकबाट नियाल्दै नेपाल, परराष्ट्रले भन्यो : सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध छौं‍

काठमाडौं : अमेरिकी सभामुख न्यान्सी पेलोसीले केहीदिन अघि ताइवानको भ्रमण गरिन्। चीनको विरोध बाबजुद ताइपेइ पुगेकी पेलोसीले चीनको आलोचना गर्दै ताइवानलाई एक्लै नछाड्ने बताइन्। पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले अहिले टापु वरिपरि सैन्य अभ्यास गरिरहेको छ। 

यस्तो अवस्थामा चीनले आफ्ना छिमेकी राष्ट्रबाट 'एक चीन नीति' प्रति प्रतिबद्धता खोजिरहेको छ। जसमा नेपाल पनि पर्छ। केहीदिन अघिमात्रै नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनेमा आफूहरु विश्वस्त रहेको जनाएको थियो। सामाजिक संजालमा भने नेपाल असंंलग्न परराष्ट्र नीतिमा अडिग रहन्छ वा चीनको साथमा जान्छ भनेर बहस समेत भइरहेको छ। 

यस्तो अवस्थामा नेपालले ताइवान मामिलालाई नजिकबाट नियालिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल सधैँ एक चीन नीतिप्रति अडिग रहेको बताएकी हुन्।

‘ताइवान मामिला नजिकबाट नियालिरहेका छौँ। नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिवद्ध छ। दुई देशले एक अर्काको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएका छन्। अहिले ताइवानको पछिल्लो घटनाक्रम नजिकबाट नियालिरहेका छौँ। यो भन्दा बढी प्रतिक्रिया दिन सकिदैन,’ उनले भनिन्।

उनले परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जान लागेकोसमेत बताइन्। तर, खड्काको चीन भ्रमणलाई ताइवान मामिलासँग जोडेर नहेर्न नहुने उनको तर्कछ। 

'भ्रमणको तयारी धेरै पहिलेको भएको हो। यसलाई ताइवानसँग जोडेर हेर्न हुँदैन,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell