PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गठबन्धनविरुद्ध खनिए भीम रावल : विपरित सिद्धान्त हुँदाहुँदै आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत



पहिलोपोस्ट

गठबन्धनविरुद्ध खनिए भीम रावल : विपरित सिद्धान्त हुँदाहुँदै आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य डा भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत भएको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएको बताए।

उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत हुने बताए। जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको उनले बताए।

नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहिन दिशातर्फ धकेल्ने बताए।

उनले भने, ‘पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ति राजनीतिक दलहरुले विपरीत सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडि सारेको हामीले पाएका छौँ। यसरी आम निर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ। अहिले जो-जो नेताहरु त्यो पाँच दलको सबभन्दा माथिल्लो तहमा हुनुहुन्छ। उहाँहरुले के कुरा सम्झना गर्नुपर्छ भने नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरुले यो दलीय प्रतिष्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति उहाँहरुको प्रतिवद्धता थियो भन्ने कुरा यतिबेला उहाँहरुले स्मरण गर्नुपर्छ।’

उनले एमालेको समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरुलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell