PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

न्यान्सीको ताइवान भ्रमणपछि आक्रामक बन्यो चीन, अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध घोषणा



पहिलोपोस्ट

न्यान्सीको ताइवान भ्रमणपछि आक्रामक बन्यो चीन, अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध घोषणा
Photo : EPA

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध घोषणा गरेको छ। चीनको विरोध बाबजुद ताइवान पुगेकी पेलोसीमाथि प्रतिबन्ध लगाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

चीनले पेलोसीसँगै उनको परिवारमाथि पनि प्रतिबन्ध लगाएको छ।

‘पेलोसीको भ्रमणले चीनको आन्तरिक मामिलामाथि प्रत्यक्ष हस्तक्षेप गरेको छ। यसले चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई चोट पुर्‍याएको छ। यो एक चीन नीतिविरुद्ध छ र यसले ताइवानको शान्ति र स्थायित्व खतरा छ,’ चीनको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।

पेलोसी मंगलवार राति ताइवान पुगेकी थिइन्। बुधवार बिहान पेलोसीले ताइवानको संसदमा सम्बोधन गरेकी थिइन्। साथै ताइवानकी राष्ट्रपति साइ इङ वेनसँग भेट गरेकी थिइन्। पेलोसीले अमेरिकाले ताइवानलाई एक्लै नछाड्ने बताएकी थिइन्। भ्रमणका क्रममा पेलोसीलाई वेनले ताइवानको सर्वोच्च नागरिक सम्मानबाट विभूषित गरेको थियो।

चीनले भने पेलोसीको भ्रमण खराब नियतले भएको भन्दै चीनमा रहेका अमेरिकी राजदूतलाई बोलाएर विरोध जनाएको थियो। साथै, चीनले ताइवान टापु वरिपरि सैन्य अभ्यास गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell