PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

पाटनमा पञ्चदान : बहा: बहीमा दिपंकर बुद्ध, शान्तिको कामना गर्दै दान

पाटनमा पञ्चदान : बहा: बहीमा दिपंकर बुद्ध, शान्तिको कामना गर्दै दान

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : पाटनमा यल पञ्चदान पर्व मनाइएको छ। हरेक वर्ष साउन शुक्ल अष्टमीका दिन पाटन क्षेत्रमा रहेका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्। काठमाडौं र भक्तपुरमा भने भाद्रकृष्ण त्रयोदशीमा पञ्चदान गर्ने परम्परा रहेको छ। नेपाल भाषामा यस पर्वलाई 'पंजरां' भन्ने गरिन्छ।

शुक्रवार बिहानैदेखि पाटनस्थित बहा: बही, बिहारमा दिपंकर बुद्धका मूर्ति, करुणामयका मूर्तिहरु प्रदर्शनमा राखिएको छ। त्यसक्रममा भक्तजनहरुले धान, नुन, गहुँ, भटमान, फलफूल, सुनचाँदी, वस्त्र, नगद इत्यादी दान गर्ने परम्परा रहेको छ। बिहीवार राति दिपंकर बुद्धहरुलाई राखिएको स्थानबाट निकालेर बहा: बहीहरुमा प्रदर्शनमा राखिएको हो।

लिच्छवीकालदेखि सुरु भएको यो पर्वमा दान गर्न दिपंकर बुद्ध रहेका स्थानमा मानिसहरुको घुइँचो लागेको छ। यसरी दान गर्दा समाजमा शान्ति, भाइचारा फैलिने र दान गर्ने भावनाको विकास हुने जनविश्वास रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell