PahiloPost

Aug 14, 2022 | २९ साउन २०७९

एकै दिन थपिए ९ सय १२ कोरोना संक्रमित, १ जनाको मृत्यु



पहिलोपोस्ट

एकै दिन थपिए ९ सय १२ कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ९ सय १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ४९१ जनामा परीक्षण गर्दा ९ सय १२ जनामा संक्रमण देखिएको हो।

२ हजार ९४१ पीसीआर परीक्षण गरिएकोमध्ये ५२९ जनामा र ३ हजार ५५० एन्टीजेन परीक्षण गरिएकोमा ३८३ जनामा संक्रमण देखिएको हो। संक्रमणदर १५ प्रतिशत पुगेको छ।

त्यस्तै, सोही अवधिमा ३ सय ७० जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ६० रहेको छ।

संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell