PahiloPost

Aug 17, 2022 | १ भदौ २०७९

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु



रासस

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

काठमाडौं : पश्चिम चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२:३० बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो। घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell