PahiloPost

Dec 26, 2025 | ११ पुष २०८२

ताइवान मामिलामा प्रचण्डको चासो : चीनको एकतामा बाधा हुने गतिविधिप्रति हाम्रो विरोध रहन्छ



पहिलोपोस्ट

ताइवान मामिलामा प्रचण्डको चासो : चीनको एकतामा बाधा हुने गतिविधिप्रति हाम्रो विरोध रहन्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताइवानमा विकसित घटनाक्रमबारे चासो व्यक्त गरेका छन्। चीनको विरोधका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चर्किएको चीन अमेरिकी तनावको विषयमा प्रचण्डले चासो व्यक्त गरेका हुन्। 

ताइवान मामलामा नेपालस्थित चिनियाँ दूतावासले नेपालको साथ खोजेको थियो। यही प्रसंगमा प्रचण्डको सचिवालयले एक वक्तव्य जारी गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो पार्टी पनि उक्त नीतिप्रति प्रतिबद्ध रहेको बताएका हुन्।

'ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' प्रचण्डले भनेका छन्। चीनको एकतामा बाधा हुने गतिविधिप्रति विरोध रहेको प्रचण्डको भनाइ छ। 

'हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ। चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ,' प्रचण्डको भनाइ उल्लेख गर्दै सचिवालयले भनेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell