PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजनीति गर्न सजिलो छैन : माधव नेपाल



पहिलोपोस्ट

राजनीति गर्न सजिलो छैन : माधव नेपाल

काठमाडौं : नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन्। शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए। अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको बताए। नेपालले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताए।

अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचरण अनुरुपमा राजनीतिक उदेश्य राख्नुपर्ने बताए। ‘पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो। राजनीति गर्ने कुरा सजिलो हुँदैन। अहिलेसम्म पनि देखिन्छ। राजनीति सजिलो यात्रा होइन। सजिलो गरी सम्भव छैन। राजनीतिमा धेरै चिजहरुको चुनौती सामान गर्नुपर्छ। तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिको उद्देश्य जनताको सेवा गर्ने हो, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचारण हुनुपर्छ। कम्युनिष्ट पार्टीका संस्थापक नेताहरुलाई सम्झिरहेको छु। पुराना योद्धाहरुबाट हामीले प्रेरणा लिन, सम्मान गर्न र उहाँहरुको योगदानको प्रसंशा गर्नसक्यौं भने इतिहासको कदर गरेको ठहरिन्छ।  हामीले इतिहासको कदर गर्नसक्यौ भने भविष्यले वर्तमानको कदर गर्नेछ।'

अध्यक्ष नेपालले पुराना योद्धाहरुबाट प्रेरणा लिन, सम्मान गर्न र उनीहरुको योगदानको प्रसंशा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताए। नेपालले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell