PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

मेलिनाले तोडिन् सञ्जीवसँगको इन्गेजमेन्ट : हाम्रो विचार मेल खान सकेन



पहिलोपोस्ट

मेलिनाले तोडिन् सञ्जीवसँगको इन्गेजमेन्ट : हाम्रो विचार मेल खान सकेन

गायिका मेलिना राईले प्रेमी संगीतकार सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी छिन्। गत वैशाखमा प्रेमी बराइलीसँग इन्गेजमेन्ट गरेकी मेलिनाले फेसबुकमार्फत इन्गेजमेन्ट तोडेको जानकारी दिएकी हुन्।

आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय लिन बाध्य भएको मेलिनाको भनाई छ। सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुनेसमेत मेलिनाले उल्लेख गरेकी छिन्।

‘एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो। हामी बिच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन। धेरै समिक्षा र आत्मसमिक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो,’ उनले लेखेकी छिन्।

मेलिनाले बराइलीसँग इन्गेजमेन्ट गरेसँगै मेलिनाका फ्यानहरू आक्रोशित बनेका थिएँ। बराइलीसँग बिहे गर्न लागेको भन्दै मेलिनाले नकारात्मक टिप्पणीको सामना गर्नुपरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell