PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

नवौँ राष्ट्रिय खेलकुदको मिति सार्न नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीको माग



पहिलोपोस्ट

नवौँ राष्ट्रिय खेलकुदको मिति सार्न नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीको माग
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ। विभिन्न उपसमिति समेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघले सो माग गरेको हो।

पोखरामा शुक्रवार पत्रकार सम्मेलनमा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दशैँ-तिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मिति परिमार्जन हुनुपर्ने बताए। उनले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यो उपयुक्त समय नभएको बताए।

संघले प्रतियोगितामा आफूहरुको अपनत्व हुने गरी कुनैपनि समितिमा नराखिएकोमा आपत्तिसमेत जनाएको छ। संघले मिति सार्नुपर्ने मागसहित गण्डकीमै हुने प्रतियोगितामा प्रदेशमा संघले पनि अपनत्व पाउनुपर्ने, सातै प्रदेशमा खेलकुदको लागि आवश्यक तयारी, प्रशिक्षण, छनोटबिना नै प्रतियोगिता आयोजना गरिएकोले यथेष्ट समय लिई आवश्यक पूर्व तयारी गरिनुपर्ने माग गरेको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी अध्यक्ष हरिश्वर पोखरेलले गण्डकीका हरेक जिल्लामा कम्तीमा १ खेल खेलाउने व्यवस्था गर्नुपर्ने माग गरे। पोखरामा ३९ वर्षअघि दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो। झन्डै ४ दशकपछि आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी र प्रशिक्षक गरी करिब ९ हजार जनाको सहभागिता हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell