PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता आह्वान, साउन ३१ गतेसम्मको समय



पहिलोपोस्ट

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता आह्वान, साउन ३१ गतेसम्मको समय

काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। हाल दर्ता कायम रहेका दलहरुलाई चुनावमा भाग लिने प्रयोजनका लागि साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दर्ता गर्न आयोगले आह्वान गरेको हो। अहिले ११३ दल दर्ता छन्। 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै निवेदन आह्वान गरेका हुन्। 

दल दर्ता निवेदन दिँदा दलको विवरण, केन्द्रीय कार्यसमितिको जानकारी, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या पेश गर्नुपर्ने छ। यस्तै, दलको वार्षिक लेखापरीक्षण पनि पेश गर्नुपर्ने छ। 

दल दर्ताको निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रुपमा नै दर्ताको निवेदन पेश गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell