PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सिमरा विमानस्थलको रनवे मर्मतको काम अन्तिम चरणमा, चाँडै उडान थपिने



पहिलोपोस्ट

सिमरा विमानस्थलको रनवे मर्मतको काम अन्तिम चरणमा, चाँडै उडान थपिने

वीरगंजः सिमरा विमानस्थलको रनवे मर्मतको काम अन्तिम चरणमा पुगेको छ। टावर कन्ट्रोलर संगम श्रेष्ठका अनुसार एक महिनादेखि सुरु भएको मर्मतको काम करिब अन्तिम चरणमा पुगेको छ।

एक सातादेखि भारी वर्षा भएकोले साउन १२ गतेसम्म सम्पन्न हुनुपर्ने काम केही दिन ढिलाइ भएको उनले बताए।

करिब १० करोडको ठेक्कामा सप्तकोशी जलाधार निर्माण सेवा काठमाडौंले रनवे ओभर-लेको काम गरिरहेको छ। मर्मतको कामले हाल विमानस्थल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्ममात्र सञ्चालनमा छ।

दैनिक बुद्ध, गुण, श्री, यति गरी चार वायुसेवा कम्पनीका करिब ८ वटा उडान भइरहेको छ। विमानस्थलको काम सम्पन्न भएपछि दैनिक यात्रुको चाप अनुसार १२ वटा उडान गर्न सकिने सिमरा नागरिक उडडयन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell