PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

साफ यू २० च्याम्पियनसिपको उपाधि भारतलाई



पहिलोपोस्ट

साफ यू २० च्याम्पियनसिपको उपाधि भारतलाई
Photo: Indian Football Team

काठमाडौं: साफ यू २० च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न फाइनल खेलमा बंगलादेशलाई ५-२ गोलले हराउँदै भारत च्याम्पियन बनेको हो।

खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहको गोलमा भारतले अग्रता बनाएको थियो। तर ४५ औं मिनेटमा रफिकुल इस्लामले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा बंगलादेशका शाहिन मियाले गोल गर्दै ५१ औं मिनेटमा अग्रता दिलाए। तर, गुरकिरतले नै ६० औं मिनेटमा गोल गर्दै भारतलाई खेलमा फर्काए। निर्धारित ९० मिनेटको समय २-२ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा भारतले ३ गोल थप्यो। ९२ औं मिनेटमा हिमांशु जांगरा गोल गर्दा ९३ औं मिनेटमा गोल गर्दै गुरकिरतले ह्याट्रिक पुरा गरे। त्यस्तै ९९ औं मिनेटमा उनले नै गोल थपे। र, भारतले ५-२ गोलले खेल आफ्नो पक्षमा पार्न सफल भयो।

साफ च्याम्पियनसीपको फाइनल प्रवेश गर्न असफल रहेको नेपाल भने स्वदेश फर्किइ सकेको छ। नेपालले ४ खेल खेल्दा २ वटामा जित, एउटा हार र एउटा बराबरी खेलेको थियो। राउण्ड रोबिन लिगको प्राणालीमा आयोजना भएको प्रतियोगितामा नेपाल तेस्रो बन्दा फाइनलको ढोका बन्द भएको थियो। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सालाई ४–० ले हराएको थियो भने आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ३–० को जित निकालेको थियो। तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार भोगेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell