PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

क्रिस्टल प्यालेसलाई हराउँदै आर्सनलको सुखद सुरुवात



पहिलोपोस्ट

क्रिस्टल प्यालेसलाई हराउँदै आर्सनलको सुखद सुरुवात
Photo: Arsenal FC

इङग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न सिजनको पहिलो खेलमा आर्सनलले सुखद सुरुवात गरेको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै आर्सनलले सुखद सुरुवात गरेको हो।

खेलको २० औं मिनेटमा गाब्रियल मार्टिनेल्लीको गोलमा आर्सनलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको घरेलु टोलीका मार्क गुएहीले ८५ औं मिनेटमा आत्मघाती गोल गर्दा टोली दुई गोलले पछि पर्‍यो। र, प्रिसिजनमा देखाएको लयलाई कायम राख्दै आर्सनलले २-० को जितसँगै लिगको सुखद सुरुवात गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell