PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सिन्धुपाल्चोकको केही स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह



पहिलोपोस्ट

सिन्धुपाल्चोकको केही स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फाइल फोटो : मेलम्चीमा २०७८ सालमा बाढी जाँदाको दृश्य

काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे आसपास क्षेत्रमा शनिवार बिहानैदेखि भारी वर्षा मापन गरिएको छ। वर्षासँगै मेलम्ची नदीको जलसतह बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने जनाएको छ। जसकारण तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell