PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

सिन्धुपाल्चोकमा भारी वर्षा : पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध, ग्रामीण सडक पनि संचालन हुन सकेन



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा भारी वर्षा : पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध, ग्रामीण सडक पनि संचालन हुन सकेन
तस्विर : रासस

काठमाडौं : शुक्रवार रातिदेखि परेको अविरल वर्षासँगै गएको पहिरोका कारण अरनिको राजमार्ग क्षेत्र अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेचौर लगायतका ग्रामिण सडकहरुमा ससाना पहिरोको कारण सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बलेफीमा पनि पहिरोका कारण सडक संचालन हुन सकेको छैन।

सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे आसपास क्षेत्रमा शक्रवार रातिदेखि शनिवार बिहानसम्म भारी वर्षा मापन गरिएको छ। वर्षासँगै मेलम्ची नदीको जलसतह बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने जनाएको छ। जसकारण तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell