PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टोकियो पुगे प्रचण्ड, जापानका लागि नेपाली राजदूत सुवेदीले गरे स्वागत



पहिलोपोस्ट

टोकियो पुगे प्रचण्ड, जापानका लागि नेपाली राजदूत सुवेदीले गरे स्वागत
Photo : CM PRACHANDA

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन्।

जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा दाहाल शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमणका क्रममा दाहालले आज जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कर्यक्रम छ। दाहालले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने उनको सचिवालयले जनाएको छ। जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो। सो घटना भएको ७५ वर्ष पूरा भएको छ।

उनले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्रिया कार्यक्रममा सहभागिता जनाउनेछन्।

जापानमा रहँदा दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell