PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

तीजले बढायो सुनको माग, दैनिक २० किलो भन्दा बढी सुन बिक्री



पहिलोपोस्ट

तीजले बढायो सुनको माग, दैनिक २० किलो भन्दा बढी सुन बिक्री

काठमाडौं : असारमा सुनको बिक्री घटेर दैनिक १० किलोमा झर्‍यो। विवाहको लगन नभएपछि सुनको कारोबारमा मन्दी छायो। तर, साउन लागेपछि विस्तारै सुनको कारोबार बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले दैनिक २० किलो सुनको कारोबार भइरहेको छ। महासंघका महासचिव धर्मभक्त बज्राचार्यका अनुसार तीजका लागि गहनाको अर्डर गर्ने बढेका छन्। सुनको मूल्य तोलाको ९५ हजारको हाराहारीमा छ।

जेजे ज्वेलर्सका संचालक पवन सोमानियाले तीजका लागि गहनाको अर्डर आउन थालेपछि व्यापार बढेको बताए।

‘असारमा सुनको कारोबार एकदमै कम भयो। तर, साउन लागेपछि कारोबार बढेको छ। यसले हामीलाई उत्साहित बनाएको छ,’ उनले भने।

विवाह र चाडर्वमा दैनिक ४० किलोसम्म सुनको कारोबार हुन्छ। असारमा अफसिजन भएकाले धेरै व्यवसायीले सुन स्टक राखे। उनीहरुले त्यही सुन चाडपर्वको बेलामा बेच्ने गर्छन्। सरकारले सुनको दैनिक कोटा २० किलो मात्रै तोकेकोले स्टक सुन बेच्नुपर्ने बाध्यता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell