PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

मकवानपुरमा डेङ्गुको प्रकोप बढ्दो, ४० जनामा देखियो संक्रमण



पहिलोपोस्ट

मकवानपुरमा डेङ्गुको प्रकोप बढ्दो, ४० जनामा देखियो संक्रमण

मकवानपुर : हेडौँडा उपमहानगरपालिका वडा नम्बर ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ।

यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका संक्रमित फेला परेको हेटौँडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ। अहिले डेङ्गुका बिरामीको चितवनको भरतपुर, काठमाडौं र हेटौंडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए।

वडा नम्बर  ४ र ५ को प्रत्येक टोलको घरमा लामखुट्टे नियन्त्रण गर्न अहिले स्प्रे गरिरहेको र घर वरपर जमेको पानी फ्याक्ने कार्य भइरहेको पनि उनले बताए। यसैगरी, उक्त महाशाखाले प्रत्येक वडाको टोलमा डेङ्गु रोग पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न आगामी भदौको पहिलो हप्तादेखि स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए।

डेङ्गुविरुद्धको औषधि तत्कालै आपूर्ति गरेर एक हप्ताभित्रै संक्रमण फैलिएका क्षेत्रको विभिन्न घरमा छकर्ने तालिका मिलाइसकिएको पनि उनले जानकारी दिए। विगत डेढ वर्ष अघि पनि वडा नं ४, ५ र १० मा डेङ्गुका बिरामी फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell