PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

तालमेल हुनुपर्छ भन्दै शशांकले मागे कांग्रेसलाई १०० सिट



पहिलोपोस्ट

तालमेल हुनुपर्छ भन्दै शशांकले मागे कांग्रेसलाई १०० सिट

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबिच तालमेल आवश्यक भएको बताएका छन्। आज चितवनमा आयोजित एक कार्यक्रममा उनले कांग्रेससँग निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताएका हुन्।

‘सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ,’ उनले भने।

तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले एक सय सिट पाउनु पर्ने उनको दाबी छ। तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, ‘एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु पर्‍यो।’ अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell