PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जापानमा प्रचण्डले भने : विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे छलफल भइरहेको छ



पहिलोपोस्ट

जापानमा प्रचण्डले भने : विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे छलफल भइरहेको छ
Photo : CM PRACHANDA

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताएका छन्। जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटनको गरेका दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरु प्रयासरत रहेको बताए।

नेपाल र जापानबिचको सम्बन्ध पुरानो रहेको भन्दै उनले १२० वर्षदेखि नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको समेत बताए। नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्‍याएको सहयोगप्रति दाहालले जापान सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। दातृ देशकारुपमा जापान नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाल-जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपाल-जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो भ्रमण केन्द्रित रहने उनले बताएका छन्। पाँचदिने जापान भ्रमणका क्रममा दाहाल आज टोकियो पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell