PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि भोलि छलफल हुने



पहिलोपोस्ट

संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि भोलि छलफल हुने

काठमाडौं : प्रतिनिधिसभाको भोलि (आइतवार)को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगमाथि छलफल हुने भएको छ। केही महिनादेखि छलफल हुन नसकेको महाअभियोगको विषय भोलि छलफल हुन लागेको हो।

संघीय संसदका महासचिव भरतराज गौतमले आज जारी गरेको आइतवारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल समेत सूचीमा रहेको छ। गत फागुन १ गते नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९५ जना सांसदको हस्ताक्षरसहित महाअभियोग दर्ता भएको थियो।

प्रस्तावबारे छानबिन गर्न यसअघि ११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell