PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

विकसित देशहरुमा पैसा फल्ने वातावरण छ : खेलकुदमन्त्री गहतराज



पहिलोपोस्ट

विकसित देशहरुमा पैसा फल्ने वातावरण छ : खेलकुदमन्त्री गहतराज
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताएका छन्। मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिबी, अभाव र अनिकालका समस्याहरु समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिहरुले प्रयास गर्नुपर्ने बताएका हुन्।

राष्ट्रिय युवा परिषद्ले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरुलाई निराश नहुन पनि पटक-पटक आग्रह गरे। पर्यटन र ठूला उद्योगधन्दा, कलकारखानाको स्थापना गरेर पनि मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न सकिने मन्त्री गहतराजको भनाइ थियो।

उनले भने, ‘विकसित देशहरु कसरी विकसित भन्दाखेरी जहाँ छोयो, त्यहाँ पैसा फल्ने वातावरण बनाएको छ। हाम्रो त प्रकृतिले नै त्यो अवसर दिएको छ। हामीले त्यसलाई प्रयोग गर्न नसकिरहेको मात्रै हो। पर्यटकीय हिसावले हेर्‍यौँ भने। अर्कोतर्फ ठूला उद्योगधन्दा, कलकारखानालाई व्यवस्थित गर्न सके यहाँ बेरोजगारीको समस्या हुँदैन। त्यसैले युवाहरु निराश हुनुपर्दैन।’

मन्त्री गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाहरुको ज्ञान, सीप र अनुभव उपयोग गरेर अघि बढने गरी सरकारले आवश्यक गुरु योजना तय गरेर अघि बढने आश्वासन समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell