PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

श्रममन्त्री कुँवरको प्रतिबद्धता : पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्नेछौँ



पहिलोपोस्ट

श्रममन्त्री कुँवरको प्रतिबद्धता : पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्नेछौँ
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मन्त्री कुँवरले मन्त्रीको रुपमा आफूले पाएको जिम्मेवारी अस्थायी भएपनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताए।

राष्ट्रिय नागरिक विकास समाजले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले नेपाल र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पुर्‍याउने आश्वासन समेत दिए। मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे।

उनले भने, ‘मैले पनि मन्त्रिपरिषद् सदस्यको जिम्मेवारी पाएको छु। मैले आफ्नो मन्त्रालयमा कति बस्छौँ, त्यो बेग्लै कुरा हो। जीवन त अस्थायी छ। पद, प्रतिष्ठा भनेको सधैँ रहिरहँदैन। तर, हामी जति बस्छौँ, जुन क्षेत्रमा हामीले काम गर्‍यौँ, त्यो क्षेत्रले उत्साह पाउने गरी हामीले काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’

मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ-आफनो क्षेत्रबाट योगदान पुर्‍याउन जरुरी रहेको पनि बताए। सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell