PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

कुलोमा नुहाउने क्रममा डुबेर कैलालीमा एक बालकको मृत्यु



रासस

कुलोमा नुहाउने क्रममा डुबेर कैलालीमा एक बालकको मृत्यु

कैलाली : कैलालीको टीकापुर नगरपालिका-१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ।

एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell