
काभ्रे : जुवा खेलिरहेको अवस्थामा काभ्रेमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
काभ्रेको नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ।
जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९६ हजार ३ सय ६० रुपैयाँ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।