PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

थपिए ६ सय ६० जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ पुग्यो



पहिलोपोस्ट

थपिए ६ सय ६० जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ६८२ जनामा परीक्षण गर्दा ६ सय ६० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय ४४ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ४१ रहेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

अहिलेसम्म संक्रमण भएका ११ हजार ९ सय ७१ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell