PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

मधेश प्रदेशमा कला साहित्य तथा भाषा प्रतिष्ठान गठन हुन्छः मुख्यमन्त्री राउत



पहिलोपोस्ट

मधेश प्रदेशमा कला साहित्य तथा भाषा प्रतिष्ठान गठन हुन्छः मुख्यमन्त्री राउत

वीरगंजः वीरगंजका लेखक तथा साहित्यकार दिनेश गुप्ताको भोजपुरी भाषमा लेखिएका दुई पुस्तक विमोचन गरिएको छ। गजहरुको संग्रह ‘सुतल अब ठिक ना रही’ तथा हाइकू संग्रह ‘हिरोसिमा’ पुस्तकको विमोचन गरिएको हो। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पुस्तकको विमोचन गरेका हुन्।

कार्यक्रममा मुख्यमन्त्री राउतले मधेशको भाषा तथा कला संरक्षणको लागि कला साहित्य तथा भाषा प्रतिष्ठान गठन गर्ने बताए। राउतले मधेश प्रदेशमा भोजपुरी, बजिका र मैथली भाषाको संरक्षणको लागि बजेट समेत विनियोजन भएको बताए।  

वीरगंज महानगरका मेयर राजेशमान सिंहले भाषाको संरक्षणका  लागि सबैको सहकार्य आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell