PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

निजगढमा रुख काट्न वनमन्त्रीको शर्त, 'बस्ती खाली र बजेट सुनिश्चितता हुनुपर्छ'



पहिलोपोस्ट

निजगढमा रुख काट्न वनमन्त्रीको शर्त, 'बस्ती खाली र बजेट सुनिश्चितता हुनुपर्छ'

वीरगंजः वन तथा वातावरणमन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गाको बस्ती खाली गरिए मात्र निजगढ विमानस्थल निर्माणका लागि रुख काट्ने अनुमति दिने बताएका छन्। सर्लाहीको ईश्वरपुर नगरपालिका ४ मा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको शनिबार उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्।

‘मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न दिन्न,’उनले भने, ‘ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगिया बस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि बन मन्त्रालयबाट अनुमति दिन्छु।’

विमानस्थल मधेसको लाइफलाइन भएकाले आफू त्यसको विरोधी नभएको पनि उनले स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell