PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बाबुरामको नेपाल समाजवादी पार्टीमा दुई अध्यक्ष, हिसिला यमी उपाध्यक्ष चयन



पहिलोपोस्ट

बाबुरामको नेपाल समाजवादी पार्टीमा दुई अध्यक्ष, हिसिला यमी उपाध्यक्ष चयन

काठमाडौंः नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन भएका छन्। केन्द्रीय समितिको पूर्ण बैठक भट्टराई र यादवलाई अध्यक्ष चयन गरेको हो। जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरिएको हो।

पार्टीको सहध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई चयन गरिएको छ।

बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ। जसमा प्रदेश १ मा राजेन्द्र कुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मतीमा अक्कलबहादुर थिङ, गण्डकीमा मोतीप्रसाद पंगाली, लुम्बिनीमा कमलप्रसाद खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन्।

बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell