PahiloPost

Oct 16, 2025 | ३० असोज २०८२

लिभरपुलको बराबरी, टोटेनहमको फराकिलो जित



पहिलोपोस्ट

लिभरपुलको बराबरी, टोटेनहमको फराकिलो जित
Photo: Premier League

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल र फुलहम बराबरीमा रोकिएका छन्। क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा लिभरपुल घरेलु टोली फुलहमसँग २-२ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको ३२ औं मिनेटमा अलेक्सेन्डर मिट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि रहेको लिभरपुललाई ६४ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै बराबरीमा ल्याए। तर, ७२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मिट्रोभिचले नै गोल गर्दै घरेलु टोलीलाई फेरि अग्रता दिलाए। यसपटक लिभरपुलका लागि मोहम्मद सलाहले ८० औं मिनेटमा नुन्जेजकै पासमा गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपरले साउथह्याम्टनमाथि फराकिलो जित निकाल्यो। खेलको १२ औं मिनेटमा साउथह्याम्टनका जेम्स वार्ड-प्रोउसीले गोल गर्दै अग्रता दिलाएका थिए। २१ औं मिनेटमा रायन सेस्सेग्नोनले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै ३१ औं मिनेटमा घरेलु टोलीका एरिक डायरले गोल गर्दा पहिलो हाफमा टोटेनहम २-१ गोलले अघि रह्यो। त्यस्तो दोस्रो हाफमा मोहम्मद सालिसुको ५१ औं मिनेटको आत्मघाती गोल र ६३ औं मिनेटमा डेजन कुलुसेभ्स्कीको गोलमा टोटेनहमले ४-१ को फराकिलो जित निकालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell