PahiloPost

Jan 28, 2026 | १५ माघ २०८२

चेल्सीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

चेल्सीको संघर्षपूर्ण जित
तस्बिर: प्रिमियर लिग

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि संघर्षपूर्ण जित निकालेको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोली एभर्टनमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

चेल्सीलाई जित दिलाउन पहिलो हाफको इन्ज्युरी समयमा जोर्गिन्होले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै निर्णायक गोल गरे। जितसँगै चेल्सीले प्रिमियर लिगको यो सिजनको सुखद सुरुवात गरेको हो।

गएराति नै सम्पन्न अन्य खेलमा टोटेनहमले साउथह्याम्टनलाई ४-१ गोलअन्तरले हराउँदा न्युक्यासलले नटिङ्घम फरेस्टलाई २-० गोलले हरायो। त्यस्तै लिड्सले वुल्भ्सलाई २-१ ले हराउँदा बर्नेमाउथले एस्टोनभिल्लालाई २-० गोलले हरायो। उपाधि दाबेदार मध्येको लिभरपुल भने सिजनको पहिलो खेलमै फुलहमसँग २-२ गोलको बराबरीमा रोकियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell