PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

चीनमा एकैदिन ३९० जनामा कोरोना संक्रमण पुष्टि



पहिलोपोस्ट

चीनमा एकैदिन ३९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : चीनमा थप ३९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। शनिवार गरिएको परीक्षणमा नयाँ संक्रमितहरु पहिचान भएका हुन्।

संक्रमित मध्ये ३३७ जनामा स्थानीयस्तरबाटै संक्रमण फैलिएको र ५३ जना विदेशबाट आएको सीजीटीएनले उल्लेख गरेको छ।

स्थानीयस्तरमा अगस्ट १ सम्ममा ४६ जनामा संक्रमण फैलिएको तथ्याङ्क थियो। अगस्त २ मा ३८ जना, अगस्त ३ मा ५३ जना, अगस्त ४ मा १६२ जना, अगस्त ६ मा ३१० जनामा स्थानीय संक्रमण देखिएको थियो।  

शनिवार ४७८ वटा लक्षणबिहीन केसहरु पनि दर्ता भएको जनाइएको छ। हाल चीनमा ५ हजार ४१ जना लक्षणबिहीन केसहरु छन्। उनीहरुलाई स्वास्थ्य संस्थाको निगरानीमा राखिएको छ।

'जिरो कोभिड' नीति लिएको चीनमा पछिल्लो समय फेरि संक्रमण दर बढ्दै गएको हो। कोरोना भाइरस सुरुमा देखिएको भनिएको बुहानमा पनि संक्रमित दर बढेपछि केही दिनअघि लकडाउन लगाइएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell