PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

भारतको उपराष्ट्रपतिमा जगदीप धनखड़ निर्वाचित



पहिलोपोस्ट

भारतको उपराष्ट्रपतिमा जगदीप धनखड़ निर्वाचित
Photo : Aajtak

भारतको उपराष्ट्रपति पदमा जगदीव धनखड़ निर्वाचित भएका छन्। शनिवार भएको उपराष्ट्रपति पदको निर्वाचनमा उनले विपक्षी दलको तर्फबाट उम्मेदवार बनेकी मार्गरेट अल्वालाई पराजित गरेका हुन्।

७२५ खसेको मतमा जगदीपले ५२८ मत प्राप्त गरेका थिए भने अल्वाले मात्र १८२ मत प्राप्त गरेकी थिइन्। १५ मत बदर भएको थियो।

उपराष्ट्रपति निर्वाचित जगदीप धनखडले अगस्त ११ मा सपथ दिने कार्यक्रम तय भएको छ। वर्तमान उपराष्ट्रपति वैंकैया नायडूको कार्यकाल अगस्त १० मा सकिँदैछ। भारतको उपराष्ट्रपतिले राज्यसभाको सभापतिको जिम्मेवारी पनि निर्वाह गर्छन्।

केहीसमय अघि भएको राष्ट्रपति निर्वाचन द्रोपदी मुर्मू निर्वाचित भएकी थिइन्। भारतकी राष्ट्रपति मुर्मूले उपराष्ट्रपति निर्वाचित जगदीपलाई बधाइ सन्देश दिँदै उनको सार्वजनिक जीवनको अनुभवले देशलाई फाइदा मिल्ने बताएकी छिन्।

जगदीप यसअघि पश्चिम बंगालका राज्यपाल थिए। त्यसक्रममा मुख्यमन्त्री ममता बेनर्जीसँगको बिग्रिएको सम्बन्धका कारण उनी चर्चामा आएकका थिए। ममताले जगदीपलाई राज्यपालबाट हटाउनुपर्ने माग समेत गरेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell