PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु



पहिलोपोस्ट

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

बुटवल : गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षीय रनबहादुर ढेँगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

सिमीचौरको राङबासबाट बुटवल तर्फ आउँदै गरेको ट्रक दुर्घटना भएको हो। ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। मृतक ढेँगाको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell