PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

५ सय रुपैयाँ घटेर सुन प्रतितोला ९६ हजार ३ सय, चाँदीमा १५ रुपैयाँको गिरावट



पहिलोपोस्ट

५ सय रुपैयाँ घटेर सुन प्रतितोला ९६ हजार ३ सय, चाँदीमा १५ रुपैयाँको गिरावट

काठमाडौं : गत साताको अन्तिम दिनका तुलनामा आइतवार सुनचाँदी दुवैको मूल्यमा गिरावट छ। सुन तोलामा ५ सय र चाँदी १५ रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रवार तोलाको ९६ हजार ८ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट छ। महासंघका अनुसार गत साताका तुलनामा तोलामा १५ रुपैयाँले घटेको छ। आइतवारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ निर्धारण भएको छ। गत शुक्रवार तोलाको १२ सय २० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको कारोबार मूल्यमा गिरावट देखिएको छ। गत शुक्रवार प्रतिऔंस १७९२.५८ डलरमा कारोबार भएको सुन घट्दै आइतवार १७७४.९६ डलरमा आइपुगेको छ।

चाँदी पनि २०.३१ डलर प्रतिऔंसबाट घटेर कारोबार हुँदै १९.९० डलरमा आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell