PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

भिरमा अड्किएका एक जनाको प्रहरीले गर्‍यो उद्धार



पहिलोपोस्ट

भिरमा अड्किएका एक जनाको प्रहरीले गर्‍यो उद्धार

काठमाडौं : भिरमा अड्किएका एक जना युवकको प्रहरीले उद्धार गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।

हेलम्बु गाउँपालिका-१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए।

सशस्त्र प्रहरी बल नेपाल खानेपानी आयोजना सुरक्षा बेस मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोली खटिगई उनको उद्धार गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell