
अफ्रिकन फुटबल खेलाडी मोहम्मद बुया टुरेले गत जुलाइ तेस्रो हप्तातिर विवाह गर्ने योजना बनाए। सिरया लिओनका टुरेको विवाह आफ्नै देशमा जुलाई २१ का लागि तोकिएको थियो। तर, उनी अनुबन्धित क्लब स्वीडेनको क्लब माल्मो एफसीमा उनी जुलाई २२ मै इन्ट्री गर्नुपर्ने भयो।
चीनबाट भर्खरै ट्रान्सफर भएर माल्मो पुगेका उनलाई क्लबमा बेलैमा इन्ट्री गर्नुपर्यो। विवाह हुने स्थान सिरया लिओना पुगेर उनी २२ जुलाईमा फर्कन सक्ने सम्भावना रहेन। क्लब रोज्ने कि विवाह? टुरेले क्लब नै छिर्ने योजना बनाए। जसले गर्दा उनी आफ्नै विवाहमा जान पाएनन्।
तर, यस्तो बाधाले पनि उनको विवाह गर्न भने रोकेन।
🌟🐐🦁🇸🇱 I married my sweetheart, wife and my Best friend today!!! What an amazing human being!!! And What a blessing!!! Mrs SBT💞💍 Suad Baydoun
— Mohamed Buya Turay 🇸🇱 (@turay_buya) July 31, 2022
I can’t wait to enjoy life with you together soboti 😃🤦🏾♂️. pic.twitter.com/nEw4siV0QF
कोही प्रतिनिधि पठाएमा उनको विवाह नरोकिने बेहुली पक्षको प्रस्ताव आयो। टुरेले आफ्नो भाइलाई उपयुक्त पात्र चुने। र, आफ्नो विवाहमा आँफै जान नभ्याएपछि भाइलाई प्रतिनिधिका रुपमा पठाए।
'हामीले पहिल्यै फोटो खिचिसकेका थियौं। त्यसैले म त्यहीँ भएजस्तो देखियो। तर, विवाह समारोहमा भने भाइले मेरो प्रतिनिधित्व गरे,' उनले भनेका छन्।
विवाहपछि आफ्नी श्रीमतीलाई हनिमनुका लागि स्वीडेन लाने टुरेले बताएका छन्।
'म उनलाई मसँगै स्वीडेनमा लैजानेछु। त्यहाँ उनी मसँगै रहने छिन्। पहिला हामी लिग जित्ने छौं, अनि हनिमुन जानेछौं,' उनले भनेका छन्।