PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विदेशी मुद्राहरुसहित भारतीय नागरिक विमानस्थलबाट समातिए



पहिलोपोस्ट

विदेशी मुद्राहरुसहित भारतीय नागरिक विमानस्थलबाट समातिए

काठमाडौं : अवैधरुपमा विदेश लैजान लागेको विभिन्न देशका मुद्राहरूसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

४३ वर्षीय भारतीय नागरिक अंकुर घनसे पटेललाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १ सय ३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४ सय ६५ यूएई दिराम र ४ हजार ६ सय ५० केन्याको स्टर्लिङ बरामद गरेको छ।

फ्लाई दुबईको उडानबाट काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्दा झोलामा अवैध रूपमा लुकाई लैजान लागेको मुद्राहरू फेला परेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell